काठमाडौं, शनिबार, २४ असोज २०७७ । गोदावरी नगरपालिका भोली आइतबार (२५ गते) देखि एक हप्ताका लागि बन्द हुने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना संक्रमितको संख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो ।

उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ ।

साथै, गोदावरीमा आजसम्म कोरोना संक्रमितको कूल सङ्ख्या २ सय ८२ जना , डिस्चार्ज भएका १ सय ४६ जना , होम आइसोलेशनमा रहेका १ सय २१ जना, अस्पतालमा उपचार भइरहेका ६ जना, नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र संक्रमणबाट मृत्यु भएका तीन जना रहेको नगरपालिकाले जनाएको छ ।

यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना संक्रमण मुक्त हुनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here