गोदावरी, ५ बैशाख २०७७ । गोदावरी नगरपालिका- १३ मा राहत वितरण गरिएको छ । गोदावरी नगरपालिका वडा न १३ का वडाध्यक्ष भाष्कर थापाको अनुमतिमा राहत वितरण गरिएको छ ।

नोबेल कोरोना भाइरसका कारण लकडाउनमा परेका मजदूरलाई राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपीजे नेपालमा आवद्ध फोटो पत्रकारको अगुवाइमा तथा अन्य सहयोगी दाताहरुको सहयोगमा ललितपुुरको गोदावरी नगरपालीका वडा न १३ मा रहेको बज्र इँट्टा भट्टामा कार्यरत मजदूरका ६३ परिवारलाई खाधान्न हस्तान्तरण गरिएको छ ।

सोही वडामा मात्रै पाँच इँटाभट्टा छन् । ती सबैमा एकै प्रकारको समस्या छ । उद्योग सञ्चालक सकेसम्म मजदूरको सम्पर्कमा नै आउन नचाहने, आइहाले पनि बहाना बनाएर पन्छने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here