गोदावरी, मंगलबार, २३ असार २०७७ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँबासी आज मंगलबार दोस्रो दिन पनि आन्दोलनलाई स्थानीय बासिन्दाले निरन्तरता दिएका छन् ।

गोदावरी नगरपालिकाको बाडेगाउँमा सडक पिच नभएको भन्दै स्थानीय हिजो सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् । पानी पर्दा सडक हिलो भई आवतजावतमा समस्या पर्ने र घाम लाग्दा धूलो उडेर हैरान हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।

लामो समयसम्म पनि सडक पिच गर्न कसैले ध्यान नदिएपछि बिभिन्न नारासहित बाडेगाउँका स्थानीय बासिन्दा, काठमाडौ उपत्यका सडक बिस्तार पीडित संघर्ष समिति बाडेगाउँ शाखाका पदाधिकारी, झि:बर्यामी पुच, समाजसेवी लगायत सडकमा उत्रिएका छन् ।

सडक कालोपत्रे नभएसम्म र आफ्नो सम्पुर्ण माग पूरा नभएसम्म शान्तिपुर्ण आन्दोलन जारी रहने आन्दोलित झि:बर्यामी पुचका अध्यक्ष निरोज महर्जनले बताउनुभयो ।

एम्बुलेन्स, अति आवाश्यक सवारी साधन बाहेक अन्य सवारी साधानलाई बिहानदेखि आवातजावतमा रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here