गोदावरी, बिहिबार, १५ जेठ २०७७ । गोदावरी नगरपालिका १४ नं वडा कार्यालयले तथ्यांक संकलन सुरु गर्ने भएको छ ।

ठैब र बाडेगाउँ क्षेत्रमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका परिवारका सदस्य महानुभावहरुले आफ्ना घरका जो कोही बिदेश वा बाहिर रहनु भएका आफ्ना परिवारका सदस्यको बिवरण अनिवार्य रुपमा विवरण पेश गर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैकिदैं गइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण आजको जटिल परिस्थितिमा गोदावरी नगरपालिका वडा नं १४ भित्र स्थायी रुपमा बसोबास गर्दै आउनु भएका र हाल रोजगारीको शिलशिलामा, अध्ययनको शिलशिलामा वा अन्य बिभिन्न कामको शिलशिलामा बिदेश तथा अन्य ठाउँमा हुनु भएका ठैब र बाडेगाउँ क्षेत्र भित्रका आफ्ना नागरिकको तथ्यांक संकलन गर्न लागिएको गोदावरी नगरपालिका वडा न १४ का वडाध्यक्ष जगनाथ महर्जनले जानकारी दिनुभयो ।

आफ्ना वडा भित्रका कुन कुन ठाउँमा कति जना आफ्ना नागरिक बाहिर हुनुहुन्छ भनि थाहा पाउन तथ्यांक संकलन गर्न लागिएको उहाँले बताउनु भयो । सुचकको नाम थर, आउने व्यक्तिको नाम थर, ठेगाना, सम्पर्क नम्बर, गएको देश तथा जिल्लाको नाम, गएको पूर्ण बिवरण, सूचक संगको नाता र हस्ताक्षर गरी वडा कार्यालयमा विवरण दिनहुन सबैमा आग्रह गर्नु भएको छ । साथै, सोही तथ्यांकका आधारमा विदेशबाट फर्कने ब्यक्तिहरुलाई १४ दिनसम्म क्वारेरेन्टीनमा राखी निगरानी गर्न सहज हुने वडाध्यक्ष जगनाथ महर्जनले बताउनु भयो ।

साथै, कुनै पनि ब्यक्ति लुकिछिपी सम्बन्धित निकायमा जानकारी नदिई घरमा बसेको सुचना प्राप्त भएको हुनाले बिना सुचना बिदेश तथा अन्य जुनसुकै ठाउँबाट आएर घरमा बसेको खण्डमा तत्काल पक्राउ गरी नेपाल सरकार रोग नियन्त्रण ऐन २०२० अनुसार कडाभन्दा कडा कारबाही गरिने वडाध्यक्ष जगनाथ महर्जनले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here