गोदावरी

गोदावारी नगरपालिकाद्वारा रेबिज खोप पालिकाको विभिन्न स्वास्थ्य संस्थामा लगाउन आग्रह

ललितपुर, बिहीबार, १९ साउन २०७९ । ललितपुरको गोदावारी नगरपालिकाले रेबिज बिरुद्धको खोप नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थामा लगाउन आग्रह गरेको छ ।

नगरपालिकाले मंगलबार सूचना जारी गरी कुकुरले टोकेर लाग्ने रेबिज रोग बिरुद्धको भ्याक्सिन विभिन्न स्वास्थ्य संस्थामा लगाउन आग्रह गरेको हो ।

नगरपालिका अन्तर्गतको बज्रबाराहि चापागाउँ अस्तपाल, बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र लेले प्राथमिक स्वास्थ्य केन्द्रमा लगाइने नगरपालिकाले जारी गरेको सूचनमा उल्लेख गरिएको छ । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले भ्याक्सिन स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य सेवा विभागबाट उपलब्ध भइसकेको र उक्त भ्याक्स्नि विश्व स्वास्थ्य संगठनले विशेज्ञहरुको परामर्शको आधारमा एक हप्ते छालामूनि दिइने तालिका सन २०१८ सिफारिस गरिएको बताउनु भयो ।

दुई मात्रा तीन पटक एक हप्ताभित्र दिनुपर्ने, भ्याक्सिन ०.१ एमएल छालामूनी दुबै पाखुरामा लगाउनुपर्ने र शुरुको दिनमा दुई मात्रा र सो लगाएको तीन दिनमा दुई मात्रा र सातौ दिनमा दुई मात्रा गरी जम्मा छ मात्रा भ्याक्सिन लगाउनुपर्ने नगरपालिकाद्वारा जारी सूचनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.