गोरखा, शुक्रबार, ३० साउन २०७७ । मृगौला पिडित ११ बर्षका बालक सन्दिप अधिकारीलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

जापानमा रहेका गोरखा पालुङ्टारका सुनिल देवकोटाको टिमले सामाजिक सन्जालबाट आर्थिक संकलन गरेर नेपाल पठाएको ६६ हजार ९ सय ७४ रुपैयाँ आज हस्तान्तरण गरिएको हो । अभियान्ता देवकोटामार्फत बिना सापकोटाले जापानबाट नै ५००० खातामा जम्मा गरेको जानकारी दिदै अभियानबाट ७१,९७४ रुपैयाँ उठेको जानकारी दिनुभयो ।

एक कार्यक्रमका बिच उक्त रकम सामाजिक पत्र डटकमका प्रकाशक/प्रधान सम्पादक विकास भट्टराईले विरामीलाई हस्तान्तरण गर्नु भयो ।

रकम हस्तान्तरण गर्दै पत्रकार भट्टराईले विदेशमा गएर श्रम गरेर जम्मा गरेको पैसा पठाएर उपचारमा सहयोग गर्नु जस्तो महान काम अरु केही नभएको भन्दै सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

हाम्रो सानो सहयोगले कसैले जीवन पाउछ भने किन नगर्ने भनेर यो अभियान सन्चालन गरिएको र सबै साथीहरुले अभियान सफल बनाउन साथ दिएको साथै यस्ता अभियानमा सबैसँग सँगै हातेमालो गर्ने अभियान्ता देवकोटाले बताउनु भयो । उहाँले सिटि एक्प्रेसले निसुल्क सेवा दिएको जानकारी गराउदै सबै सहयोग गर्नेहरुलाई धन्यवाद दिनु भयो ।

दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला पिडित अधिकारीको उपचार पाटन हस्पिटलमा भई रहेको छ। परिवारको आर्थिक अवस्था कम्जोर रहेको हुदाँ उपचारमा समस्या हुदैं आएको विरामीका दिदि स्मृता अधिकारीले बताउनु भयो ।

दुवै मृगौला छिटो भन्दा छिटो प्रत्यारोपण गर्नु पर्ने डाक्टरले बताएका छन् मृगौला प्रत्यारोपण गर्न ३०/४० लाख लाग्ने रहेछ पैसा कै कारणले उपचार गर्न सकिएको छैन अधिकारीले बताउनु भयो ।

सहयोगीहरुको नामावली

सुनिल देवकोटा/गोरखा : ५०००
अजय ओली /झापा : ७०००
रत्न बहादुर सापकोटा : ५०००
रबिन श्रेष्ठ /गोरखा : ३०००
बिना सापकोटा : ५०००
अनिकेत पोखरेल /पोखरा : २०००
अनिश गौतम/हेटौडा : १०००
अमिश रायमाझी /बुटवल :१०००
अर्जुन दुनवार : १०००
बिजय गौतम /दाङ्ग २०५५
सन्जु अमगाई /गोरखा २०००
जिवन सुबेदि १००१
गोबिन्द नेपाली : ५५००
बिज्ञान भट्टराई : २०००
राम हरि राय : १०००
यांकु लामा मोक्तान : ५०००
मनकुमारी अमगाई : २०००
नरेश बस्नेत : ५०००
बच्छु क्षेत्रि : ५०००
सोमनाथ लम्साल : २०००
कृष्ण भुर्तेल : १०००
सुस्मान्जली राई : १०००
बिलम श्रेष्ठ : १०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here