गोरखा, सोमबार, १२ जेठ २०७७। गोरखामा ११ लाखको उद्धारकोष खडा गरिने भएको छ । कोरोना संक्रमणका कारण भारत लगायतबाट नेपाल प्रवेश गरि अलपत्र परेका गोरखाका नागरिकहरुलाई जिल्ला ल्याउन उद्धार कोष खडा गरिने भएको छ ।

रोजगारी र अन्य काममा भारतमा रहेर नेपाल प्रवेश गरेका र देशभित्रै अलपत्र परेका जिल्लाबासी नागरिकहरुको उद्धारका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहहरु मिलेर संयुक्त उद्धार कोष स्थापना गर्न लागिएको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रसासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समिति एवं कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टको आइतबार बसेको बैठकले अलपत्र परेका जिल्लाबासी नागरिकहरुको उद्धारका लागि प्रत्येक स्थानीय तहले १/१ लाख रुपैया कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उद्धारकोषका स्थापनाका लागि सवै स्थानीय तहहरु बिच मौखिक सहमती समेत भएको छ ।

जिल्लावासीहरुको उद्धार गरि ल्याउनका लागि सवारी व्यवस्थापन लगायतका अन्य विभिन्न प्रयोजनको लागि कोष स्थापना गर्ने र सो मार्फत उद्धार तथा अन्य व्यवस्थापनमा लाग्ने खर्च व्यर्होने निर्णय भएको छ ।’ रोकाले भन्नुभयो । भारत गएकाहरु जिल्लाबासीहरु दिनहुँ जसो जिल्ला फर्कन थालेपछि उनिहरुलाई व्यवस्थित रुपमा सम्बन्धित स्थानीय तहसम्म पु¥याएर क्वारेन्टिनमा राख्ने उद्धार कोष मार्फत सहज हुने उहाँको भनाई छ ।

जिल्ला भित्रने बित्तिकै जिल्ला प्रवेशको मुख्य नाकामा पर्ने गोरखा नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोष मार्फत अलपत्र जिल्लावासीहरुको उद्धार गरि सुरुमा गोरखा नगरपालिकाको मझुवा देउरालीमा रहेको गोरखकाली टायर उद्योगको निवास क्षेत्रमा राख्ने र दैनिक रुपमा सम्बन्धित गाउँपालिकालाई जिम्मा लगाउने रोकाले जानकारी दिनुभयो ।

‘उक्त स्थानमा सुरक्षा निकायको समन्वयमा गोरखा नगरपालिकाले त्यसको व्यवस्थापन गर्नेछ, उहाँले भन्नुभयो, सुरक्षाको व्यवस्थापन नेपाली सेना र प्रहरीको संयुक्त टोलीबाट गर्ने र सम्बन्धित स्थानीय तहहरुसंग समन्वय गरी दैनिक रुपमा एकमुष्ठ जिम्मा लगाउने निर्णय बैठकले गरेको छ ।’ बैठकले यस अघिको निणर्यलाई उल्टउदै कुखुराको निर्यात बेलुका ६ बजेदेखि राती ९ बजेसम्म गर्ने निर्णय गरेको छ । दिउँसोको समयमा कुखुरा निर्यात गर्दा मर्ने जोखिम बढि भएको गुनासो आएपछि बैठकले कुखुरा ढुवानी गर्ने समय परिवर्तन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here