गोरखा, सोमबार, १५ असार २०७७ । गोरखाका ११ स्थानीय तहमध्ये ८ वटामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । यसअघि ७ पालिकामा संक्रमण देखिएकाेमा आइतबार सिरानचोक गाउँपालिकामा समेत संक्रमण देखिएको छ ।

भारतबाट आएका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको सिरानचोक गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सिरानचोक गाउँपालिका वडा न ५ छोप्राक घर भएका युवक वडा न ६ गाँखुको क्वारेन्टाइनमा बस्दै आएका थिए । यससँगै जिल्लाका ८ वटा स्थानिय तहमा कोरोनाका बिरामी भेटिएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी कुल ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

हालसम्म धार्चे, चुमनुव्री र आरूघाट गाउपालिकामा कोरोना संक्रमण फेला पारेका छैन । आइसोलेशनमा रहेर उपचार गराइरहेका २० जना भने उपचार पछि निको भएर घर फर्किएका छन् ।

गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here