गोरखा, शनिबार, २४ जेठ २०७७ । गोरखाको अजिरकोट गाउँपालिकाले कोरोना संक्रमण रोकथाम लगायतका कार्यका लागि पालिका भित्रका युवाहरुलाई स्वयंमसेवकका रुपमा परिचालन गर्ने भएको छ ।

हरेक क्वारेन्टाइनमा दुई जनाको दरले स्वयंमसेवक परिचालन गरी क्वारेन्टाइन ब्यवस्थापनमा सहजिकरणका लागि स्वयंमसेवक परिचालन गर्न लागिएको अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको संक्रमण जोखिम रुपमा दिन प्रतिदिन बढ्दै गइरहेको आजको जटिल परिस्थितिमा भारत लगायत अन्य विभिन्न देशमा रहेकाहरु फर्कने क्रम पनि बढदै जाने भएकाले उहाँहरुको उचित ब्यवस्थापनका लागि स्वयंमसेवक परिचालन गर्न लागिएको अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो ।

हाल भारतबाट आएका ५ र कैलालीबाट आएका ४ सहित ९ जना सामुहिक क्वारेन्टाइनमा रहेका छन् । तर, सो पालिकाबाट भारत गएकामध्ये करिब ३ सय जना फर्कने क्रममा रहेकाले क्वारेन्टाइन स्थलको संख्या पनि बढाउने तयारी गरिएको अध्यक्ष फणिन्द्र धितालले जानकारी दिनुभयो । अजिरकोट गाउँपालिका-१ घ्याच्चोकको धनसीरा मा वि, अजिरकोट गाउँपालिका-२ खरिबोटको भानुज्योती प्रा वि, अजिरकोट गाउँपालिका- ३ का लागि भच्चेक सभाहल, अजिरकोट गाउँपालिका- ४ सिम्जुङका लागि वालुवा बजारको जीवन ज्योती मा वि र अजिरकोट गाउँपालिका-५ मुच्चोकको चतुर्माला मा वि मा क्वारेन्टाइन बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here