गोरखा, आइतबार, ७ भाद्र २०७७ । गोरखाको अजिरकोट गाउँपालिकाद्वारा प्राबिधिक सहायक (सब ईन्जिनियर ) पदका लागि अव्हान गरिएको दरखास्त दिने समय अवधि थप गरिएको छ ।

अजिरकोट गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्र अन्तर्गत युवा रोजगारका लागि रुपान्तरण पहल आयोजनाका लागि एक जना प्राबिधिक सहायक (सब ईन्जिनियर ) पदका लागि दरखास्त दिने समय भाद्र ५ गतेसम्म समय अवधि रहेकाले आजको जटिल परिस्थितिलाई मध्य नजर गर्दै यहि भाद्र १४ गतेसम्म समय अवधि थप गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनु भयो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण जिल्ला प्रशासन कार्यालय गोरखाद्वारा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भाद्र १ गतेदेखि भाद्र ७ गतेसम्म गोरखा जिल्लाभरि निषेधाज्ञा गरेको हुनाले आज एक सुचना जारी गर्दै दरखास्त दिने समय थप गरिएको छ ।

प्राबिधिक सहायक (सब ईन्जिनियर ) पदका लागि दरखास्त दिने समय भाद्र १४ गतेसम्म कार्यालय खुल्ने समयसम्ममा दरखास्त दिन सकिने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवालीले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here