गोरखा, १ जेठ २०७७ । कोरोना संक्रमित जिल्ला उदयपुरबाट गोरखाको आरुघाट गाउँपालिकामा २ जना आएपछि आरुघाट क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।

आरुघाट गाउँपालिका २ कटुञ्जे माइतीघर आएका उदयपुर कटारीकी एक दम्पती गोरखा आएका हुन् । उनीहरुलाई भीमोदय माविको क्वारेण्टाइनमा राखेको वडाअध्यक्ष सोमप्रसाद घलेले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको दृष्टिकोणले रेडजोन नै मानिएका उदयपुरबाट आएका उनिहरु दुवै जनाको स्वास्थ्य परीक्षणका लागि प्रक्रिया अघि बढाइएको आरुघाट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी जानकारी दिनुभयो । एम्बुलेन्स चढेर बुधबार बिहान १० बजे आर्खेत आइपुगेका उनीहरुलाई आर्खेत प्रहरी चौकीका प्रहरीले गाउँ जान रोकेको थियो ।

टेलिफोन मार्फत बुबाआमालाई आर्खेतमै बोलाएर भेटघाट गरेपछि प्रहरीले सोही एम्बुलेन्स मार्फत उदयपुर पठाएको थियो । धादिङको गंगाजमुना गाउँपालिका ६ का बासिन्दाले उदयपुरका मान्छे आएको जानकारी गराएपछि हामीले प्रहरीको सहायताबाट नियन्त्रणमा लिएर राती १२ बजे भीमोदय माविको क्वारेण्टाइनमा राखिएको वडाअध्यक्ष घलेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here