गोरखा, सोमबार, २९ असार २०७७ । गोरखाको आरुघाट गाउँपालिकाद्वारा कृषकलाई ७0 प्रतिशत अनुदानमा २४ वटा हाते ट्रयाक्टर खरिद गरी वितरण गरिएको छ ।

कृषिलाई ब्यवसायी यान्त्रिकिकरण तथा आधुनिकिकरण गर्दै लैजाने उद्देश्यले आर्थिक वर्ष २०७६ / ७७ मा विनियोजित २० लाख बजेटबाट कृषकलाई ७५ प्रतिशत अनुदानमा २४ वटा हाते ट्रयाक्टर खरिद गरी वितरण गरिएको आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले जानकारी दिनुभयो । परम्परागत रुपमा गरिदै आएको कृषि प्रणालीलाई आधुनिकिकरण गर्न हाते ट्याक्टर वितरण गरिएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष बिनियोजित बजेटबाट पावर टिलर (हाते ट्याक्टर) गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहाल, उपाध्यक्ष कल्पना नेपाली तथा वडाध्यक्षहरुको उपस्थितिमा बितरण गर्नु भएको थियो ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका कृषकहरु सहुलियत अनुदानमा ट्याक्टर पाएपछि हर्षित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here