गण्डकी, बिहिबार, १५ साउन २०७७ । गोरखा समाज जापानले गोरखाको गण्डकी गाउँपालिकामा आर्थिक अभावका कारण उपचार प्रकृयामा समस्या परेका विरामी र पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

कान्ति अस्पतालमा फोक्सोको उपचार गराइरहेकी गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलका ११ बर्षिय सुनिता परियारको उपचारका लागि रु एक लाख २० हजार, पोषण अभावका कारण जिवन मरणको दोसाधमा रहेकी गण्डकी गाउँपालिका वडा नम्बर ७ घ्याल्चोक सुजना बास्कोटाका लागि रु एक लाख ५ हजार र पहिरोमा परि ज्यान गुमाएकी वडा नम्बर ४ फुजेल कौदिकी लक्ष्मी गुरुङको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको समाजका सचिव विराट बाबु खनालले जानकारी दिनुभयो ।

उक्त रकम गाउँपालिका अध्यक्ष होम बहादुर रानाको उपस्थितिमा वडा नम्बर ७ का वडा अध्यक्ष तुल्सी रेग्मी, वडा नम्बर ४ का वडा अध्यक्षको नर बहादुर पाण्डे र समाजका अगुवाहरुको उपस्थितिमा बिरामी नानीहरुको अभिभावकलाई हस्तान्तरण गरिएको गोरखा समाज जापानले जनाएको छ ।

जापानमा रहि विभिन्न पेशा, रोजगारी र अध्ययनमा रहेकाहरुबाट संकलन गरी गोरखा समाज जापानले गाउँपालिका प्रमुख होम बहादुर रानाको बैंक खातामा पठाईएको समाजका अध्यक्ष चुडामणी भट्टराइले जानकारी दिनुभयो ।

नेपालीहरु र सम्पुर्ण जापानबासी गोरखालीहरुको हकहितको लागी स्थापना गरिएका साझा संस्था गोरखा समाज जापानले बिभिन्न समस्यामा परेका विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको अध्यक्ष भट्टराइको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here