गोरखा, बिहिबार, २९ असोज २०७७ । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ घर भई हाल कर्मथलो पोर्चुगल रहनु भएकी सुमित्रा पाण्डे घिमिरेको सुरुवात अनुरुप “गिता कुवँर बचाऔं अभियान” र पिडित गीता कुवँरको स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेसँगै देश-बिदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ निबासी मृगौला पिडित गीता कुवँरको लागि सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । गिता कुवँर बचाउ अभियानमा पालुङ्टार घर भई हाल कर्मथलो मलेशिया रहनु भएका निरन्जन कोइरालाको पहलमा मलेशियाबाट आर्थिक रकम संकलन गरि पठाउनु भएको छ । कृष्ण मल्ल, प्रकाश बिष्ट, अरुण अधिकारी लगायत अन्य सहयोगी मनका कारण मलेशियामा beelin plastic मा कार्यरतबाट संकलित (मलेशियन RM 2900) (रु८१,०५५ ।-) अक्षरुपी एकासी हजार पचपन्न रुपैयाँ) संकलित आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले छोरीको उपचारको लागि सहयोग जुटाउन सम्पूर्ण सहयोगी मनहरूलाई उहाँकी आमाले आग्रह गर्नु भएको छ । घरको अवस्था कमजोर भएकोले आर्थिक सहयोगको अपिल गर्दै सहयोग गर्नेको लागि मोबाइल न सम्पर्क नं ९८०६७१९२८६ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

गिता कुवँरको परिवारसहित सम्पूर्ण समाजसेवीहरू हाल सहयोगका लागि जुटेका छन् । समाचार प्रकाशित भएपछि सहयोगी हातहरु बढ्न थालेको “गिता कुवँर बचाऔं अभियान” की अभियान्ता सुमित्रा पाण्डे घिमिरेले जानकारी दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गिता कुवँरले धन्यबाद ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here