गोरखा, शुक्रबार, १२ असार २०७७। गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाउँपालिका सिल गर्ने निर्णय भएको भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताउनुभयो ।

असार ९ गते बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिनुभयो ।

बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, ब्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको छ ।

वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै ति क्षेत्र सहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here