Friday, February 26, 2021
More

    गोरखाको भिमसेन- ६ अश्राङमा उधमशिलता बिकास तालिम सम्पन्न

    गोरखा, सोमबार, ५ माघ २०७७ । घरेलु तथा साना उधोग कार्यालय गोरखाको आयोजनामा र भिमसेन थापा गाउँपालिकाको सहकार्यमा उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । 

    युवा उधमिहरुलाई ब्यवसाय गर्दा आईपर्ने विभिन्न समस्या समाधानका गर्न, भएका स्रोत साधनको समुचित सदुपयोग कसरी गर्ने र ब्यवसायिक योजना बनाउनको लागि आईपर्ने समस्याहरुलाई समाधान गर्ने उदेश्य सहित तालिमको आयोजना गरिएको हो । उक्त उधमशिलता बिकास तालिममा ४ जना महिला र १४ जना पुरुष गरि जम्मा १८ जनाको सहभागीता रहेको गाउँपालिकाले जनाएको छ ।

    तालिमको उद्घाटन तथा समापन भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्लेले गर्नु भएको थियो । उधमशिलता बिकास तालिमको समापन गर्दै गाउँपालिका उपाध्यक्षले तालिम निकै उपलब्धि भएकोले सिप सिकेर एक असल ब्यवसायी र सफल उधमी बन्नका लागि सबैलाइ आग्रह गर्नुभयो ।

    भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङमा उक्त तालिम पुस २३ गते सुरु भएर माघ ३ गते समापन गरिएको थियो । भिमसेन थापा गाउँपालिकाका उपाध्यक्ष बिनु वाग्लेको प्रमुख आतिथ्यतामा, वडा नम्बर ६ का वडाध्यक्ष  भिम बहादुर थापा मगरको बिशेष आतिथ्यतामा, अन्य अतिथि महानुभावहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here