गोरखा, शुक्रबार, २४ पुस २००७०७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी भएको छ ।
बिद्युत सट भएर स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो ।
आगलागीबाट श्रेष्ठको घरको एउटा कोठाको पलङ, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
करिव तीन लाख रकम बराबरको क्षति पुगेको अनुमान छ ।