गोरखा, बुधबार, ३१ असार २०७७ । गोरखाको सिरानचाेक गाउँपालिकाकाे केन्द्र चित्रेपाेखरी निर्धारण गरिएको छ ।

आज (३१ असार ) बुधबार बसेकाे छैठौ गाउँ सभाले केन्द्र वडा न ५ काे चित्रेपाेखरी निर्धारण गरेकाे हाे । गाउँसभाका दुईतिहाइ भन्दा धेरै सदस्यले चित्रेपोखरीको पक्षमा समर्थन जनाएपछि चारबर्षदेखि अलमल रहेको गाउँपालिकाको केन्द्र निश्चित भएको हो ।

गाउँपालिकाको केन्द्र चित्रेपोखरी निर्धारण गरेसंगै सिरानचोक गाउँपालिकाको छैठौँ गाउँसभा बुधबार सम्पन्न भएको छ ।

गाउँसभाका ४३ सदस्यमध्य ३७ जनाले चित्रेपोखरीको पक्षमा मत जाहेर गरेका गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिनुभयो । पाँच जना सदस्य भने तटस्थ रहनु भएको उहाँले बताउनु भयो ।

सिरानचोक गाउँपालिकाकी उप प्रमुख उपाध्यक्ष रीता देवकोटा, संसदीय दलका नेता जयकृष्ण ढकाल, सिरानचोक गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष ज्ञानेन्द्र गुरुङ, वडा नं. ३ का वडा अध्यक्ष वीरबहादुर थापा, वडा नं. ६ का वडा अध्यक्ष नारायण दानीले समर्थन गर्नु भएको थियो ।

गत असार २४ गते बसेकाे २१ औं गाउसभाकाे बैठकले गाउपालिकाकाे केन्द्र चित्रेपाेखरी सार्न प्रस्ताव गरेकाे थियाे । गाउँपालिकाकाे केन्द्र हाल साविककाे छाेप्राक गाउँ विकास समितिकाे भवन ‘मैदान’ मा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here