गोरखा, सोमबार, २६ माघ २०७७ । गोरखाको सिरानचोक गाउँपालिकामा खोरबाट बाख्रा हराउनु थालेका छन् । सिरानचोक गाउँपालिक ६ गाँखुको बेलडाडाबाट बाख्रा हराएका हुन् ।
गत २३ गते राती खोरमा थुनिरहेको २ वटा खसी र एउटा पाठी चोरी भएको घरधनी अनिता खनालले जानकारी दिनुभयो ।
बिहान उठेर बाख्रालाई घाँसपात गर्न जाँदा बाख्रा चोरी थाहा पाएको उहाँले बताउनु भयो । रातीको समयमा गाउँमै गाडी ल्याएर बाख्रा चोरेको हुन सक्ने स्थानीयले अनुमान लगाएका छन् ।
खोरमा थुनेको खसी हराउन थालेपछि स्थानीय आश्चर्यमा परेका छन् ।
उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।