गोरखा, सुन्दर वस्ती क्लबद्वारा जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदैं बाल दिवस मनाएको छ । ‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ नाराका साथ कोरोना भाइरसका कारण औपचारिक कार्यक्रम नभएतापनि गोरखाको गण्डकी गाउँपालिका ९ घ्यल्चोक सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले जनचेतना जगाउने उदेश्यका साथ सन्देश मुलक होर्डिङ बोर्ड राखेर बाल दिवस मनाएको छ ।

क्लबका अध्यक्ष सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सप्पन्न भएको थियो । यस क्लबको स्थापना बि स २०७१ सालमा भएको र आज सम्म सामाजिक कार्यमा सक्रिय हुँदै विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको कुरा क्लबका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिनुभयो ।

बालबालिकाको क्षेत्रमा निरन्तर सक्रिय हुँदै आएको यस क्लबको आफ्नै भबन निर्माणको चरणमा रहेको जानकारी दिनु भयो । क्लबको सदस्य हालसम्म ६० जना रहेको र सबै समान रुपमा सहभागिता जनाउदैं आएको बताउनु भयो ।

देश भरि छरिएर रहनु भएका सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना ब्यक्त गर्दै आजको जटिल परिस्थितिमा सुरक्षित रहि काम गर्न अध्यक्ष सन्देश घिमिरेले अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here