कोरोना अपडेट

गोरखामा एउटै विधालयका १५ जना विधार्थीमा कोरोना, पठनपाठन बन्द

गोरखा, शुक्रबार, ३ भाद्र २०७९ । गोरखाको आरुघाट गाउँपालिका वडा नं. ८ आरुपोखरीस्थित दरबार माध्यामिक विधालयका १५ जना विधार्थीसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

आज शुक्रबार ६६ जनामा गरिएको एटिजेन्ट परिक्षणमा १५ जना विधार्थी, वडा नं. ७ का वडाध्यक्ष, सोही विधालयका एक जना शिक्षक तथा एक स्वास्थयकर्मीमा संक्रमण पुष्टि भएको हो ।

सो विद्यालयका विधार्थीहरुमा केहिदिनदेखि रुघाखोकी, ज्वराका लक्षण देखिएपछि शुक्रबार गरिएको परिक्षणको क्रममा उक्त संख्या संक्रमण देखिएको वडाध्यक्ष मुरारी खनालले जानकारी दिनुभयो । थपिएका संक्रमित मध्ये ९ जना पुरुष र ९ जना महिला रहेका छन् ।

एकै पटक १८ जनामा संक्रमण देखिएको र अन्य विधार्थीहरुमा समेत लक्षण रहेकाले वडा शिक्ष समितिको अपातकालिन बैठक बसी आगामी आइतबारदेखि एक हप्ताका लागि विधालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.