गोरखा, सोमबार, ५ जेठ २०७७ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड-१९ ) को जटिल परिस्थितिमा गोरखामा फेरी लकडाउन केही खुकुलो हुने भएको छ ।

गत जेठ १ गतेदेखि ‘सिल’ गरिएता बन्द गरेको गोरखाको बित्तिय संस्था मंगलवार र शुक्रवार खुल्ने भएको छ । बन्द भएको बिकास निर्माणको काम ढुवानीका साधन संचालन गर्ने निर्णयसँगै भोलीदेखि फेरी सुचारु हुने भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

आज सोमबार जिल्ला प्रशासनमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउनको समिक्षा गर्दै केही नयाँ निर्णयहरु गरेको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिनुभयो । बैठकले यस अघि ठप्प पारिएको ढुवानी सेवालाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म खाद्यन्न, तरकारी, दाना, कृषि सामग्री, मल वीउ वीजन ढुवानी गर्न दिने बताइएको छ ।

अत्यावश्यक र वर्खाले क्षति पु¥याउन सक्ने बिकास निर्माणका योजनाहरुमा निर्माण सामाग्री ढुवानीका लागि पनि सोही समय र प्राबधान तोकिएको छ । पशुजन्य सामाग्री ढुवानीका लागि भने हरेक दिउँसो ३ बजे देखि ६ बजेसम्मको समयसिमा निर्धारण गरिएको छ ।

सम्बन्धित स्थानीय तह र भेटनेरी अस्पताल तथा पशु विज्ञसेवा केन्द्रका सिफारिसका आधारमा आवश्यक कागजात सहित यस्ता सवारी साधनलाई पनि सञ्चालनको अनुमती प्रदान गर्ने निर्णय भएको छ । मल बिऊ र कृषि उत्पादन ढुवानीका लागि दिउँसो ३ बजे देखि भोलिपल्ट बिहान ६ बजेसम्मको लागि समय छुट्याएको छ । त्यसको लागि पनि सम्बन्धि पालिका र कृषि ज्ञानकेन्द्रको सिफारिस अनिर्वाय गरिएको छ । तर सवारी साधनमा तुल ब्यानर राखी १ जना चालक र १ सहचालक बाहेक अन्य राख्न नपाउने व्यवस्था गरिएको छ ।

यस अघि ठप्प पारिएको बैंक तथा वित्तिय संस्था हप्तामा दुई दिन मंगलबार र शुक्रबार सञ्चालन हुने भएका छन् । सम्बन्धित स्थानीय तह र सुरक्षा निकायको समन्वयमा बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बैंक सञ्चालनमा आउने छ । बैंकहरुले सामाजिक दुरी कायम गरी टोकन प्रणालीमा सेवा दिनु पर्नेछ ।

अन्य सवारी पास र आवातजावतको सन्र्दभमा भने पहिले कै व्यवस्था कायम रहने भएको छ । देश तथा विदेशबाट अनाधिकृत रुपमा जिल्ला प्रवेश गर्नेहरुलाई नियन्त्रणमा लिइ चेक जाँच गर्ने र १४ दिनसम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राख्ने समेत निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here