गोरखा, आइतबार, ७ भाद्र २०७७ । गोरखामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि आज राति १२ बजेसम्मका लागि लगाइएको निषेधाज्ञा पुनः ७ दिन थप गर्ने निर्णय गरिएको छ । आज बसेको कोरोना भाइरस न्युनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जिल्लामा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

पहिलो पटक भदौ १ गतेदेखि ७ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा अबधीभर जिल्ला भित्र अत्याबश्यक बाहेकका सवै सवारी साधन साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो । उक्त अबधीमा जिल्ला भित्रका सवै सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको उहाँले उहाँको भनाई छ ।

जिल्ला भित्रका खाद्यान्य, औषधी पसल तथा पेट्रोलिय पर्दाथ बाहेकका सवै पसलहरु पूर्ण समेत बन्द गरिनेछ, उहाँले भन्नुभयो, सभ्भावित संक्रमणको जोखिम न्युनीकरणका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।

छिमेकी जिल्ला र जिल्ला भित्रका स्थानीय तहसंग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहहरुमा कोरोना संक्रमणको बढ्दो रहेकाले पनि गोरखामा निषेधाज्ञा थप गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here