तस्बिर रेडक्रस

गोरखामा रक्तसंचार सेवा केन्द्र शुरु (फोटो फिचर)

गोरखा, बुधबार, १ भाद्र २०७९ । गोरखामा रक्तसंचार सेवा केन्द्रको शुरुवात गरिएको छ ।

नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखाद्वारा रक्त संचार सेवा केन्द्र शुरु गरिएको हो ।

उक्त रक्त संचार सेवा केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगरले उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख मसली माया थोकर, चितवन रक्त संचार प्रमुख, वडा ५, ६ र ८ का वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत अन्य महानुभावको उपस्थिति रहेको थियो ।

PHOTO : Subash Ghimire

Leave a Reply

Your email address will not be published.