गोरखा, शनिबार, २० असार २०७७ । गोरखामा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा सात राउण्ड अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका थिए । त्यहाँ भन्दा माथि बक्राङ तर्फबाट प्रहरीलाई लक्षित गरेर ढुङ्गा प्रहार भईरहेको प्रहरीले जनाएको छ ।

आज शनिबार बिहान गोरखा अस्पतालमा मृत्यु भएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको शव दरौँदी र लुदी खोलाको दोभानमा गाड्ने तयारी भईरहँदा स्थानीयले कोरोना फैलन सक्ने भन्दै रोकेका थिए । घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएसँगै शनिवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका १ बक्राङ र गोरखा नगरपालिका १२ को सिमानामा पर्ने लुदीखोला दोभानमा शव ब्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here