May 18, 2024
समाचार समाज

गोरखामा ४५ दिने फेसन डिजाईनिङ तालिम सम्पन्न

गोरखा, बुधबार, १२ वैशाख २०८१ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा संचालित ४५ दिने फेसन डिजाईनिङ तालिम सम्पन्न भएको छ । २९ जना प्रशिक्षार्थी सहभागी भएको तालिम गत फागुन २३ गतेबाट सुरु भएर शनिबार सम्पन्न भएको होे ।

संघले मंगलबार एक समारोहको आयोजना गरी ४५ दिने फेसन डिजाईनिङ तालिमको समापन गरेको हो । गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्तीको अवसरमा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी विकास समितिको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

समापन समारोहमा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले आगामि दिनहरुमा पनि यस्तै खाले तालिमहरुको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आउँदा तालिमहरुमा सिलाई कटाई व्यवसायमा लागेका र नलागेका प्रशिक्षार्थीहरुलाई अगल अगल प्रशिक्षण गराइने व्यवस्था मिलाउने पनि बताए ।

यस्तै, उनले फेसन डिजाईनिङ तालिम लिएका प्रशिक्षार्थीहरुलाई तालिमको सदुपयोग गर्न समेत आग्रह गरेका छन् । ‘तालिम मात्र लिएर भएन, तालिमको सदुपयोग पनि गर्नु प¥यो’, उनले भने, ‘व्यापार व्यवसाय सुरु गर्दा सबै प्रक्रिया पुरा गरि सुरु गर्नु होला ।’

कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले आफुलाई तालिम प्रभावकारी भएको अनुभूति भएको बताएकी छिन् । थोकरले आगामि दिनहरुमा जिल्लाबाट नै प्रशिक्षक उत्पादन हुने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । त्यसका लागि गोरखा नगरपालिकाले सक्दो सहयोग गर्ने उनले बताइन् ।

४५ दिने फेसन डिजाईनिङ तालिमकी प्रशिक्षक सबिना राईले प्रशिक्षार्थीहरुलाई आफुहरुले सिकेका सिपलाई आफुभित्र सिमित नराख्न आग्रह गरेकी छिन् । तालिमका प्रशिक्षार्थीहरुले पनि तालिमले व्ययवसयीहरुलाई आफ्नो व्यवसाय सुदृढिकरण गर्न र अन्यलाई व्यवसाय सुरु गर्ने हौसला प्राप्त भएको बताएका छन् ।

गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उप प्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्या एवं गोरखा उद्योग वाणिज्य संघका सदस्य जीवनज्योती श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष भगवान बाबु श्रेष्ठ, सचिव प्रकाश चन्द्र श्रेष्ठ, तालिमकी प्रशिक्षक सबिना राई, प्रशिक्षर्थी गोमा श्रेष्ठ, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *