Thursday, February 25, 2021
More

    गोरखा आँबुखैरेनी सडक खण्डमा बस र मोटरसाइकल ठोक्कियो

    गोरखा, शनिबार, ४ पौष २०७७ । गोरखा नगरपालिका वडा नम्बर १३ को ५ किलो भन्ने ठाउँमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जना घाइते भएका छन् । गोरखा आँबुखैरेनी सडकखण्डमा पर्ने पाँचकिलोमा बसको मोटरसाइकललाई ठक्कर दिएको घटनास्थलमा पुग्नुभएका पत्रकार दानबहादुर गुरुङले जानकारी दिनुभयो ।

    गोरखा सदरमुकामबाट आँबुखैरेनी तर्फ जादै गरेको ना ४ ख ६०२६ नम्बरको बसले आँबुखैरेनीबाट गोरखा तर्फ आउदै गरेको बा ५८ प १०९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

    बसको ठक्करबाट अन्दाजी २७÷२८ बर्षका मोटरसाईकल चालक घाइते हुनुभएको हो । उहाँको खुट्टा भाँच्चिएको प्रहरीको भनाई छ । मोटरसाईकलमा दुई जना सवार थिए । घटना लगत्तै बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here