तस्बिर

गोरखा जिल्लाको गण्डकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषित

गोरखा, बुधबार, २२ असार २०७९ । गोरखा जिल्लाको गण्डकी गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।

एक कार्यक्रमकाबिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

आवश्यक मापदण्ड पूरा भएकोले पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताउनुभयो ।

गण्डकी गाउँपालिका गोररखा जिल्लाकै पहिलो पूर्ण खोपयुक्त स्थानीय तह बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.