गोरखा, मंगलबार, ३० भाद्र २०७७ । गोरखा जिल्लाको उत्तरी क्षेत्रका तिनवटा गाउँपालिकाका केहि गाउँहरु पहिरोको जोखिममा रहेकोले तत्कालै स्थानान्तरण गर्न सरकार समक्ष सांसद प्रकाशचन्द्र दवाडीको ध्यानाकर्षण गराउनु भएको छ ।

आज एक प्रेस बिज्ञप्ति जारी गर्दै गोरखाको अजिरकोट गाउँपालिका १ धनसिरा, बारपाक सुलिकोट गाउँपालिका ८ को तिनखण्डे, बारपाक सुलिकोटक १ को बारपाक दलित बस्ती तत्काल सुरक्षित स्थानामा स्थानान्तरण गर्ने व्यवस्था गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनु भएको छ । गाउँहरु पहिरोको जोखिममा रहेकोले तत्कालै स्थानान्तरण गर्नका लागि पटक पटक गण्डकी प्रदेशसभामा प्रदेश सरकारको ध्यानाकर्षण गरे पनि सरकारले नसुनेको बताउनु भयो । साथै, उहाँले अन्य ठाउँमा रहेको जोखिमको बारेमा समयमा नै ध्यान पुर्याउन आग्रह गर्नु भयो ।

बि स २०७२ सालको महाभूकम्पले थिलथिलो पारेर भर्खरै मात्र उठ्दै गरेको गोरखा जिल्ला विभिन्न समयमा भईरहेको प्राकृतिक बिपत्ति, मुख्यतया बाढी पहिरोले थप समस्या पारेको र केही स्थानका गाउँका बासिन्दालाई कुन समयमा के हुने हो भन्ने चिन्ता थपिएको बताउनु भएको छ ।

साथै, उहाँले देशभरी विभिन्न स्थानमा भईरहेको प्राकृतिक बिपत्तिमा भएको क्षति प्रति दु:ख ब्यक्त गर्नुभयो । मृतकप्रति हार्दिक श्रदान्जली सहित परिवारजनमा समबेदना ब्यक्त गर्नु भएको छ । साथै, घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न सरकारसंग माग गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here