गोरखा, आइतबार, ३२ जेठ २०७७ । मनास्लु फ़ाउन्डेशनको पहलमा स्व.ईमान सिंह गुरुङको पुर्णकदको शालिक स्थापना गरिएको छ ।

गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राक गाउँमा स्वर्गीय ईमान सिंह गुरुङको पुर्णकदको शालिक स्थापना गरिएको नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ ।

स्व.ईमान सिंह गुरुङ गोरखा जिल्लाको पर्वतारोही तथा पदयात्रा व्यवसायी, गोरखा जिल्लाको प्रथम सगरमाथा आरोही तथा पर्यटन ब्यबसायी अति मिलनसार, सहयोगी, नेपालको पर्बतारोहण प्रशिक्षणका अभियान्ता, पर्वतारोहण प्रशिक्षक, नेपाल रास्ट्रिय पर्बतारोहन पथ प्रदर्शक संघका संस्थापक अध्यक्ष समेत रहनु भएको थियो ।

फोटो : तुलसिङ गुरुङ

1 COMMENT

  1. सत्य बोल्दा तितो हुन्छ / मैले मेरो फेसबुकमा अनुहार अलि मिलेको छैन भनेर लेखेको थिएँ यसको अर्थ बिरोध गरेको होइन / देखेको कुरा भन्नु पर्छ/ काम गर्न खोजेको मनासोलु फौदेसनलाई बधाई / धन्यबाद पनि भन्न्छु तर मैल गरेको टिप्पणीलाई सुझावको रुपमा लिनु पर्छ / २००७ मा स्वर्गीय इमान दाइको टर्सट बनाउने कुरामा सब भन्दा पहिला आर्थिक सहयोग दिने व्यक्ति म नै थियो / अहिलेको हाम्रो गाउँ पालिका सन्तोष गुरुङहातमा दिएको थिएँ सोध्नुस् / अर्को कुरा मैले स्वर्गीय इमान दाइ संग ३० वर्ष संगत गरेको छु/ दाइको अनुहार सम्झिन मलाई वहांको फोटो हेर्नु पर्दैन / हाँसेको, बोलेको , गीत गाएको , खाएको हिंडेको सब थाहा आँखाको आगाडी झाल्झाल्ली याद छ /

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here