गोरखा, बुधबार, १० भाद्र २०७७ । जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । आज एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला प्रवेशको सवै नाकामा कडाई गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ । कार्यालयले गोरखा जिल्ला प्रवेशको मुख्य नाकासंगै साहायक नाका प्रवेशमा पनि कडाई गर्न स्थानीय बाह्य जिल्लाको सिमा जोडिएका स्थानीय तहहरुलाई मंगलबार पत्र पठाएको हो ।

छिमेकी जिल्लाहरुमा संक्रमणको दर बढ्दै गएकाले लुकीछिपी रुपमा गोरखा जिल्ला प्रवेशको सम्भावना रहेको भन्दै सम्भावित संक्रमणको रोकथामका लागि सवै नाकाहरुमा उच्च निगरानी राख्न पत्रमा भनिएको हो । वडा तथा गाउँपालिका भित्र अपरिचित व्यक्तिहरुलाई प्रवेशमा पूर्ण रोक लगाउने तथा परिचित व्यक्तिहरु नाका प्रवेश गर्दा बिस्तृत बिबरण सहितको अभिलेख राख्न पत्रमा भनिएको छ ।

साथै, जिल्ला भित्र प्रवेश गरेको परिचित व्यक्तिहरुलाई समेत अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने र दैनिक जिल्ला प्रसासन कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा भित्रका गोरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका र गण्डकी गाउँपालिकामा बाहय् जिल्लाबाट मानिसहरु प्रवेश गर्ने नाका पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here