गोरखा, शनिबार, ३ जेठ २०७७ । कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र न्युनिकरणका लागि देशभर लडडाउन कडा पारिएका बेला अनाधिकृत रुपमा गोरखा जिल्ला प्रवेश गर्ने १२ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समिति गोरखाले हिजोदेखि ५ गतेसम्म जिल्ला सिल गर्ने निणर्य गरी जिल्ला भर चेकजाँचलाई कडा पारिएको छ । तनहुँ र गोरखा जोड्ने पुलबाट गोरखा जिल्ला प्रवेश गर्न लागेको उनीहरुलाई नगरपालिका भित्र रहेका बिभिन्न क्वारेन्टाइनमा राखिएको हो ।

जिल्ला प्रवेश गरेको सबैलाई गोरखा नगरपालिकाको कुवाडी डाडाँमा रहेको मनकामना बहिरा आवासिय विद्यालयमा र नेपाली सेनाको क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जानकारी गराएको छ । बिना अनुमती जिल्ला प्रवेश गर्न खोज्ने ११ जनालाई बिद्यालयमा र १ जनालाई नेपाली सेनाको रणसिं दल गणमा राखिएको हो ।

गणमा राखिएका ब्यक्ति नेपाली सेनाको भोजपुरमा कार्यरत जवान हुन् । स्कुलमा राखिएकाहरु मध्ये बैशाख ३१ गते रौतहटबाट ईट्टा लिएर आएको ट्रकमा सवार ४ जना र हिजोे पालुङटार नगरपालिकाका ३ जना, सिरानचोक गाउँपालिकाका १ जना, गोरखा नगरपालिकाका २ जना र धादिङका १ जनालाई राजधानीबाट फर्कदै गर्दा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here