अमेरिका, कनेक्टिकट, के पी भट्ट, बिहिबार, २९ साउन २०७७ । गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएका परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गोरखा समाज अमेरिकाले गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा न २ निवासी सुनिल सुनारको कोरोनाबाट मृत्यु भएको थियो ।

गोरखा समाज अमेरिकाको विशेष पहलमा गोरखाका विभिन्न सामाजिक अभियान्तासंग रकम संकलन गरी उपलब्ध गराइएको सस्थाका अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिनु भयो । उहाँको परिवारलाई आजको जटिल परिस्थितिमा केहि सहज होस भनि सहयोग उपलब्ध गराएको गोरखा समाज अमेरिकाले जनाएको छ ।

भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का वडा अध्क्षय नारायण भट्टराईले एक कार्यक्रमका बिच उक्त रकम निजका परिवारलाई उपलब्ध गराउनु भएको छ । सोही अवसरमा वडा अध्क्षय भट्टराईले रकम उपलब्ध गराइदिनु भएकोमा गोरखा समाज अमेरिकालाई हार्दिक धन्यबाद व्यत गर्नु भयो । यस अधि गोरखा जिल्लामा पहिलो पटक कोरोनाबाट निधन हुनु भएका पालुङ्गटार नगरपालिका निवासी मृतकका परिवारलाई गोरखा समाज अमेरिकाले १ लाख ११ हजार रुपैया सहयोग गरेको थियो ।

यस दुखद घडीमा समाजले दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको छ । सस्थाले मृतकको परिवार लाई १ लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here