Friday, February 26, 2021
More

    गोरखा समाज जापान आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुको साहारा बन्दै

    काठमाडौँ, बुधबार, ५ फागुन २०७७ । आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुको गोरखा समाज जापान साहारा बन्दै आएको छ ।

    गोरखाको भिमसेन थापा गाँउपालिका वडा नं ५ निबासी ब्रेन ट्युमर रोगी ज्ञान बहादुर सुनारको उपचारका लागी जापानबासी नेपाली गोरखालीहरुको सक्रियता र गोरखा समाज जापानको अभिभाकत्वमा आर्थिक सहयोग संकलन गरेर रु.१,१४,७१२/- (एक लाख चौध हज़ार सात सय बाह्र रुपैयाँ ) नेपाल पठाएका छन् ।

    लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित भएका सुनारको आर्थिक अवस्था कमजोर भएको साथै श्रीमती समेत बिरामी भएर एउटै थलोमा बसेको लामो समय भएको जानकारी पश्चात समाजले समाजका सल्लाहकार समेत रहेका धन बहादुर बि.क को संयोजकत्वमा ज्ञान बहादुर सहयोग अभियान सन्चालन गरेर सहयोग रक़म संकलन गरी नेपाल पठाएको हो ।

    चुडामणी भट्टराईको नेतृत्वमा समाजले विभिन्न समयमा गोरखा जिल्ला भित्र परेका समस्याहरुमा समस्याको पहिचान पश्चात यस्ता प्रकृतिका सहयोगहरु गर्दै आएको छ ।

    सहयोग रकम हिजो (मंगलबार) भिमसेन थापा गाँउपालिका प्रमुख ईश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, दलित अगुवा बुद्ध बहादुर वि क लगाएत स्थानिय पत्रकारहरुको माझ हस्तान्तरण गरिएको जानकारी ग्लोबल गोरखा समाजका सचिव, गोरखा समाज जापानका सचिव विराट खनालले जानकारी दिनु भयो ।

    खनालले अभियानको संयोकत्व गर्नुहुने धन बहादुर बि.क. लगाएत सम्पुर्ण सहयोगीमनहरु प्रति धन्यवाद प्रकट गर्नुका साथै ज्ञान बहादुर सुनारको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here