पोखरा, शुक्रबार, २६ बैशाख २०७७ । गोर्खाली रेडियोका संवाददाता मिलन क्रोम्छे तमुलाई मात्री शोक परेको छ ।

तमुका ममतामयी आमा नर कुमारी सरब्ज तमुको उपचारको क्रममा बिहिवार मणिपाल शिक्षण अस्पतालमा असामयिक निधन भएको परिवार श्रोतले जनाएको छ । फोक्सोको समस्या देखिए पछि वहाँलाई परिवारले केही दिन अगाडि मणिपाल शिक्षण अस्पतालमा भर्न गरि उपचार गराइरहेको थियो । वहाँका ३ छोरा , ३ छोरी , बोहारीहरु र नातानातीनी हुनुहुन्छ ।

साबिक होश्राङ्दी गा वि स वडा नम्बर ६ अर्गाउदी पर्वतमा १९९६ साल असार १५ गते जन्मिएकी नर कुमारी गुरुङ बिहादी गाउँ पालिका वडा नं ४ पर्बत, लौकेमा विवाह भएको थियो । हाल वहाँ पोखरा ७ धौलागिरी मार्गमा रहेको सम्पुर्ण परिवार र आफन्तलाई छाडी सदाका लागि परलोक हुनुभएकोमा गोर्खाली रेडियो परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरिएको छ ।

स्वर्गीय गुरुङको पार्थिव शरीरलाई शुक्रबार तमु संस्कार अनुसार तमु प्ये ल्हु संघ शक्तिघाटको घाटमा अन्त्यस्टी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here