फ्रान्स, १० बैशाख २०७७ । नोबेल कोरोना भाइरसका कारण समग्र बिश्वजगत अहिले चपेटामा जगडिएको छ । मानब समाज र प्राकृतिलाई नै चुनौती दिएर सन्त्रासमय बनाएको यस विषम घडीमा हामी फ्रान्सबासी नेपाली पनि अछुतो हुन सकेन । फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको छ । फ्रान्समा मे ११ तारिखसम्म पूर्ण रुपमा लकडाउन कायम रहने रास्ट्रपतिले धोषणा गरिसक्नु भएको छ ।

फ्रान्समा रहनु भएका सरकारको तलब भत्ता नपाउने र सुविधाबाट बन्चित रहनु हुने बिधार्थीहरुको अवस्थालाई मध्यनजर गर्दै आजको जटिल बिपत्तिको यो घडीमा फ्रान्समा रहेका सम्पुर्ण संघ सस्थाहरु मानवीय निष्ठालाई आत्मसात् गर्दै आ-आफ्नो हैसियतले सेवा नै धर्म हो, भन्ने हेतुले कर्ममा लाग्नुभएको छ ।

सम्पुर्ण संघ सस्थाप्रति उच्च सम्मान छ । यस् दु:खद घडीमा गोर्खाली समाज फ्रान्सले पनि समस्यामा परेका नेपाली समुदाय नागरिकको पहिचान गरी राहत वितरण गर्ने पुर्ब सूचना अनुरुप आज एक बिज्ञप्ति जारी गर्दै पहिलो चरणमा ५० (पचास) जनाको लागि राहत दिने निर्णय गरेको छ । जसअनुसार अन्य संस्थाहरूले खाद्यन्न बितरण गर्नु भएको र हाल सम्म घर भाडाका समस्यालाई कुनै पनि संस्थाबाट सम्बोधन नभएको परिप्रेक्ष्यमा समाजले त्यस्ता नेपालीहरूको पहिचान गरी प्रति व्यक्ति नगद ५०€ सहयोग गर्ने निर्णय गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिनुभयो ।

स्मरण रहोस्, झन्डै आधा पेरिस बाहिरको नेपालीहरुबाट सहयोगको अपिल गर्नु भएको छ । सोही अनुरुप सस्थाले पेरिस बाहिर पनि केही सहयोग गर्ने भएको छ । सम्पूर्णको बैंक डिटेल लिइ सकिएको र आज नै रकम डिपोजिट गरिनेछ । साथै, सस्थामा अन्य थुप्रै निबेदन र फोन मार्फत सहयोगको अपिल भइरहेको छ ।

अप्रिल २० गते बेलुका देखि यस सस्थाले पहिलो चरणको राहतका लागि हाललाइ स्थगित गरिएको जानकारी गराएको थियो । सस्थाको आपतकालिन कोषबाट, सस्थाका पदाधिकारीबाट, सहयोगी हातबाट र अन्य महानुभाबहरुबाट थप रकम आवस्यक परेको खण्डमा दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको सस्थाले जनाएको छ ।

त्यसैगरी, फ्रान्सका अन्य विभिन्न संघ सस्थाहरुले आजको जटिल परिस्थितिमा उत्पन्न समस्याको समाधान सहयोगी भुमिकाको रुपमा सामुहिक राहत कोष खडा गरी राहत प्याकेज लिएर आउदै हुनुहुन्छ भने एकता समाज फ्रान्सले पहिले चरणमा खाधान्नलगायत अन्य अति आवस्यक उपभोग्य सामग्री वितरण गरिसकेको छ ।

साथै, जनसम्पर्क समिति फ्रान्स र गैर आवासीय नेपाली संघ (एनआरएनए ) फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण गरिसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here