गाईघाट, तुलसी कोईराला, बुधबार, ३ भाद्र २०७७ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।

एक कार्यक्रममा बैंकको गाइघाट शाखाका प्रवन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै शाखा प्रवन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको २० थान ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउनुभयो ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
उक्त अवसरमा बैंक तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका विभिन्न व्यक्तिहरुसँगै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here