Thursday, February 25, 2021
More

    चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

    काठमाडौँ, बिहिबार, २ पौष २०७७ । चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । यससँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

    चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

    यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।

    सन् २०१३ मा चाङ्ग-अ थ्री र गत वर्ष चाङ्ग-अ फोरसहित चीनले यसअघि दुईपटक चन्द्रमामा आफ्ना यानको सफल अवतरण गराइसकेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here