काठमाडौँ, बिहिबार, २५ भाद्र २०७७ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउने क्रम बढेको छ । माया प्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसिमका गीतहरु पनि बजारमा आईरहेका छन् ।

पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा पशुपति शर्मा निकै नाम चलेका लोकप्रिय गायक हुन् । उहाँका सृर्जनामा रहेका हरेक गितहरु निकै लोकप्रिय छन् ।

यसैक्रममा चर्चित गायक पशुपति शर्माको ‘दुबिधा’ (रैछ जीवन नाटक र जात्रा झैँ) बोलको गीत सार्वजनिक गरिएको छ । पशुपति शर्माको लय र शब्द सृर्जनामा एकल लोक गित भखर्रै रिलिज भएको छ ।

दुर्गा पौडेलको निर्देशन एवम् छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

लोकप्रिय कलाकारहरु पशुपति शर्मा, सारिका के सी , सुरविर पण्डित (दारि बा) , किशोर भण्डारी लगायत चर्चित कलाकारहरुको अभिनय भिडियोमा देख्न सकिन्छ । उक्त गितको म्युजिक भिडियोलाई पशुपति शर्माको अफिसियल युटुव च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here