पुरा विक्न छाेडे पछि, अधुरा वेच्न थालेकी छु
सग्ला पनि विक्न छाेड्याे, झुरा बेच्न थालेकी छु ।

मुटु रेट्नेहरु अचेल, धेरै हुन्छन भन्दा सुनेर
चाेकमा बसी आजभाेली, छुरा बेच्न थालेकी छु ।

नुन चामलकाे खाचाे भयाे, जीवन चलाउनलाई
गाउँ गाउँ डुल्दै अचेल, चुरा वेच्न थालेकी छु ।

चामल बिकेन फर्किए म, बोल्नेहरु पिठाे बेचे
त्यहि चाेटले आज भाेलि, कुरा बेच्न थालेकी छु ।

शून्य हात लागे पनि, साहुनीकाे उपमा भिरी
भट्टी पसल चलाएर, सुरा बेच्न थालेकी छु ।

कल्पना गैरे
शुक्लागण्डकी तनहूँ
२०७७ साल जेठ २४ गते शनिबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here