February 24, 2024
मनोरञ्जन

चाम्सकृत ‘गोर्खा वारियर’ बाफ्टामा

काठमाडौँ, बुधबार, २७ मङ्सिर २०८० । संसारकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डमा नेपाली चलचित्र ‘गोर्खा वारियर’ले ‘इन्ट्री’ पाएको छ । मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ले बाफ्टामा ‘इन्ट्री’ पाएको हो ।

अब यो चलचित्र लङ लिस्टका लागि हलिउड फिल्महरूसँग भिड्दै छ । वेष्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजीबाहेक) र वेष्ट ब्रिटिश फिल्म क्याटेगोरीमा ‘गोर्खा वारियर’को प्रतिस्पर्धा हुनेछ । युरोपमा अस्करपछिको ठूलो मानिने बाफ्टा फिल्म अवार्डस्-२०२४ समारोह आउँदो १८ फेब्रुवरी २०२४ मा साउथ बैंक सेन्टर लण्डनमा हुँदैछ भने नोमिनेसन रिजल्ट १८ जनवरीमा आउनेछ ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली चलचित्रले प्रवेश पाएकामा आफू र आफ्नो टिममा खुशी भएको बताउनुभयो । ‘सजिलो पक्कै थिएन तर आज लङलिष्टका लागि ‘गोर्खा वारियर’ हलिउडका ठूल्ठूला सिनेमासँग प्रतिस्पर्धा गर्दैछ’, चाम्सले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *