Friday, January 22, 2021
More

    चार चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौँ, बिहिबार, २ पौष २०७७ । उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा लि सर्लाही र इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीका सञ्चालक राकेश अग्रवाल, रौतहटस्थित श्रीराम सुगर मिलका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा पश्चिम नगवलपरासीस्थित लुम्बिनी सुगर मिलका सञ्चालक श्रेया अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    उनीहरु विरुद्ध ठगीमा मुद्दा चलाउन पुर्जी जारी गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरेको छ ।

    जिल्लाबाट पत्र आएपछि बुधबार दिनभर पक्राउपुर्जी जारी गरिएका व्यापारीको खोजीमा काठमाडौंमा प्रहरी जुटेपनि कतै फेला पार्न सकेन ।

    सुगर मिल सञ्चालकहरुले उखु खरिदबापतको रकम भुक्तानी नदिएपछि किसानहरु काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । गतवर्ष पनि यसरी नै आन्दोलनमा उत्रिएपछि सरकार र उखु किसानबीच बक्यौताबापतको रकम २०७६ माघ ७ गतेभित्र ब्यापारीले भुक्तानी गरिसक्नु पर्नेसहितको ५ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here