Friday, February 26, 2021
More

    चीनले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन दिने

    काठमाडौं, शनिबार, २४ माघ २०७७ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार भएको फोनवार्तामा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

    चिनियाँ दूतावासले नेपाललाई अनुदानमा ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेकोमा विदेश मन्त्रीले ५ लाख दिने घोषणा गर्नु भएको छ ।

    मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताउनु भयो । जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद ज्ञापन गर्नु हुदैं वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहाना गर्नुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here