गोरखा, बुधबार, ३ भाद्र २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज घरमा नै बसेर मनाउन आग्रह गरेको छ ।

कोराना संक्रमण समुदायस्तरमा फैलिने सम्भावना उच्च रहेकाले भिडभाड तथा नाचगान नगर्न गाउँपालिकाले सम्पूर्ण पालिकाबासीमा अनुरोध गरेको हो ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण उत्पन्न आजको जटिल परिस्थितिमा हरितालिका तीजको अवसरमा आयोजना हुने सामुहिक भेटघाट एबम तीज (दर खाने) कार्यक्रम बन्द गरी घरमा बसेर यसपालिको तीज मनाउन गाउँपालिकाका अध्यक्ष राजु गुरुङले सबैमा अपिल गर्नु भएको छ । साथै, एक टोलबाट अर्को टोलमा तथा एक वडाबाट अर्को वडामा आवत-जावत नगरी निषेधाज्ञाको पूर्ण पालना गर्नु हुन आग्रह गर्नु भएको हो ।

दिन प्रतिदिन कोराना संक्रमित तथा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या बढीरहेको छ । “आफू पनि बाचौ र अरुलाई पनि बचाऔ ‘ भन्ने मूल नारालाई आत्म साथ गर्दै रचनात्मक सहयोगका लागि राजनीतिक दल, समाजसेबी, बुद्दिजीबी, शिक्षक, कर्मचारी, विभिन्न सामाजिक संघ -संस्था, प्रत्येक टोलमा गठन गरिएको कोरोना प्रतिकार्य समूह तथा सम्पूर्ण सिरानचोक गाउँबासीमा गाउँपालिकाले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here