December 11, 2023
विपद

जाजरकोट र रुकुमपश्चिममा मात्रै २६ हजार ३७० घरमा पूर्ण क्षति

काठमाडौँ, शुक्रबार, २४ कात्तिक २०८० । गत कत्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।

विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले बुधबार बिहान गरेको अपडेटअनुसार जाजरकोटमा पूर्ण क्षति भएका घर ९ हजार ७९४ रहेका छन् भने आंशिक क्षति भएका घरहरु २४ हजार ७०७ वटा रहेका छन् । त्यस्तै रुकुम पश्चिममा पूर्ण क्षति भएका घर बढी छन् । यो जिल्लामा १६ हजार ५७० वटा घरमा पूर्ण क्षति हुँदा आंशिक क्षति भएका घर ९ हजार ९६१ वटा रहेका छन् ।

त्यस्तै सल्यानमा १५१ वटा, रोल्पामा २५ र दैलेखमा एक घर पुर्ण क्षतिग्रस्त भएका छन् । वैतडी र कालिकोटमा एकएक र जुम्लाका ५ घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

शाखाका अनुसार सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ र आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । उक्त भूकम्पमा परी जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *