February 24, 2024
अटो समाचार

जिडब्लुएमको विन्टर अफर

काठमाडौँ, बिहिबार, ५ पौष २०८० । नेपालमा जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रा लि ले लक्जरी, सेभिङ साथै अन्य फाइदाका साथ विन्टर अफर ल्याएको छ ।

कम्पनीका अनुसार अफर लक्जरी ड्राइभको आनन्द लिन चाहने कार पारखीलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

अफरमार्फत् विद्युतीय सवारीसाधनका पारखीले जिडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा तीन लाखसम्म फाइदा रहेको छ ।

९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीको गियर अप फर ग्रेट डिल्स अफरका साथ ग्राहकले जिडब्लुएमका प्रिमियम एसयुभीमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्री एक्सेसरिज र निःशुल्क बिमासहित धेरै सुविधा पाउन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *