हातको एउटा चुरा

फुटेर झर्दा ,रुने मन

बिरालोले बाटो काट्दा

अघि सर्न डराउने मन

अनायासै रोकीने पाइला

समए र परिस्थिति

सङ अत्तालिने मन

कमजोर छु जस्तो

आभास त्यो समय ।

बिस्तारै….

समय बदलियो

आज सुखदुखको

ठुलो भारी बोकेर,

सधै हास्दै हिड्न

जानिएको छ

समए र आफुलाई

बुझ्दै अनि बुझाउदै ।

लाग्छ..

जिन्दगीमा मैले

पाएको ठुलो

उपलब्धि होला ।

मेरो शिकाई बुझाई

यहि होला मेरो कमाई

बसेर एकान्तमा नीकैबेर

हेर्छु हिसाब निकाली

र त आज,,

भोगाई र बुझाईको

हिसाब म  हेरीरहन्छु ।

आज चुरा फुट्दा

बिरालोले बाटो काट्दा

अत्तालिदैन यो मन

डराउदैन मेरो मन ।

बदलीयको मेरो बिचार

जस्ले मलाई बलियो

बनाए झै लाग्छ ।

अहिले आएर

तर्क गर्न आउछ मलाई

चुनौति सङ खेल्न सक्छु

राम्रो नराम्रो केलाउन सक्छु

कुबिचार आउदैन मनमा ।

संसार सुन्दर देख्छु

मेरा यी नजरलाइ

प्यारो जिन्दगीलाई

सधै प्रेम गर्छु ।

सीमा पुरी

२०७७ साल जेठ १ गते बिहिबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here