ललितपुर, शुक्रबार, २ जेठ २०७७ । गोदावरी नगरपालिका १४ मा विदेश र जिल्ला बाहिरबाट आउनेलाई प्रवेश निषेध गरिएको छ ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिएसँगै गोदावरी नगरपालिका वडा न १४ का वडाध्यक्ष जगनाथ महर्जनले विदेशबाट फर्किएका र बाहिर जिल्लाबाट आएकालाई निगरानी गर्न, सवारी साधन अनावश्यक चलाउन नदिन, मानिसहरु ओसार-पसारमा रोक लगाउन तथा संक्रमण बढ्दै गएको खण्डमा वा आवश्यक परेमा आ- आफ्नो टोल सिल गर्न कडा निर्देशन दिनु भएको छ ।

आजको जटिल परिस्थितिमा कोरोना भाइरस (कोभिड-१९) फैलन सक्ने उच्च जोखिम भएको हुदा उच्च सतर्कता अपनाउदै भाडावालाहरु विभिन्न कारणले वाहिर वा घर गएको भए तत्त्कालै फोन गरेर हाललाई घरमा प्रवेश नदिन अनुरोध गरिएको छ । घरधनीहरुले बाहिरबाट आएकालाई प्रवेश दिएमा घरलाई शिल गरिनेछ । यदि नमानेमा क्वारेन्टाइनमा राख्न लाग्ने खर्च समेत स्वयम घरधनीलाई भराउन लगाउने र संक्रमित प्रमाणित भएमा घरधनीलाई क्षतिपुर्ति तिराउने समेत सुचनामा उल्लेख गरिएको छ ।

साथै, रेस्टुरेन्ट, खाजा पसल, चिया पसल, मदिरा पसल अर्को सुचना जारी नभए सम्म सञ्चालनमा रोक लगाइएको छ । पन्जा, माक्स तथा सेनिटाइजर अनिवार्य प्रयोग गरी तरकारी, फलफूल तथा अन्य खाधान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म तथा बेलुका ५ बजेदेखि ८ बजेसम्म सामाजिक दुरी कायम गरी सञ्चालन गर्न आग्रह गरिएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । कोठा भाडा लिएर लकडाउनको समयमा बाहिर जिल्ला वा बिदेशबाट फर्किएर आउनु भएका ब्यक्तिहरुले अनिवार्य रुपमा RDT वा PCR परिक्षण गराएर नेगेटिभ भएको प्रमाणको आधारमा मात्र प्रबेश गर्न दिइने जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here