Friday, January 22, 2021
More

    जीवजन्तु तस्करीमा संलग्न एक व्यक्ति पक्राउ

    ललितपुर, २९ पुस २०७७ । जीवजन्तु तस्करीमा संलग्न एक व्यक्ति पक्राउ गरिएको छ ।

    नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले सोमबार शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नपा ११ स्थित थर्मु निगालीगौराबाट अवैध जीवजन्तु तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नपा-६ बस्ने ५३ वर्षीय लक्ष्मीचन्द्र शाही रहेको र निजको साथबाट बरामद भएको भरुवा बन्दुक थान-१, त्यसमा लाग्ने गोली १९ थान, छर्रा र केप, बारुदको डब्बा, शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here