ललितपुर, सोमबार, ५ जेठ २०७७ । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस( कोभिड-१९) का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

त्यसैगरी, गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here